नेकपा प्रचण्ड– माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् ।
‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्ड भने, ‘आज तपाईहरुले सडकमा पनि केपी ओली एक तिहाई नै हो भन्ने सावित गरिदिनुभयो ।