२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

सांकेतिक तस्वीर ।

धनकुटा नगरपालिका–९ बेलहारामा आइतबार बिहान जलेर ८८ वर्षीया वृद्धाको मृत्यु भएको छ।

आगो ताप्ने क्रममा भक्तकुमारी बरालको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

घरमा कोही नभएको समयमा आगो ताप्ने क्रममा वृद्धाको शरीरमा आगो सल्किएको प्रहरीले बताएको छ। परिवारले बिहान पौने ९ बजे भक्तकुमारीलाई मृत फेला पारेका थिए। शव धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ।