२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

जन्मदिनमा निःशुल्क शैक्षिक सामाग्री वितरण

तुलसीपुर नगर जेसिज वर्ष २०२१ का अध्यक्ष, शान्तिदिप इङलिस बोर्डिङ स्कुलका संचालक, ग्रेट अरनीको स्कुलका प्रोग्राम डाइरेक्टर, नेपाली कांग्रेस पार्टी दाङ जिल्ला कार्यसमिति सदस्य तथा विज्ञान शिक्षक समाज तुलसीपुर दाङका अध्यक्ष नारायण भट्टराईले आफ्नो जन्मदिनको अवसरमा निःशुल्क शैक्षिक सामाग्री वितरण गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित जनश्रम प्रावी गैरापातुका अति बिपन्न ३५ जना बिद्यार्थीहरुलाइ उनले शैक्षिक सामग्री र विद्यालयलाई विभिन्न खेलकुदका सामाग्री एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका छन्।

हरेक बर्षका जन्मदिनमा विशेष सामाजिक काम गर्दै आएका भट्टराईले उक्त विद्यालयका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगोस् तथा खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभा प्रस्पुटन होस भनेर सहयोग गरेको उनले बताए।

भट्टराईले आगामी दिनमा पनि उक्त विद्यालयको शैक्षिक स्तर माथि उठाउन विशेष भुमिका खेल्ने प्रतिवद्धता पनि गरेका छन ।

विद्यालयकी प्रअ शुशिला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पुर्ब अध्यक्षहरु जेसि मेघराज घिमिरे, जेसि दिपेस भण्डारी , जेसि बिमल कुमार पौडेलले सुभकामना दिएका थिए, भने कार्यक्रमको सहजीकरण बोर्ड सल्लाहकार तथा शिक्षक एकराज भण्डारीले गरेका थिए ।