२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

टिपरको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु

फाइल तस्वीर ।

टिपरको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ४ झुलनीपुलस्थित हुलाकी सडकखण्डमा भएको उक्त दुर्घटनामा मायादेवी ४ बनकसिया बस्ने २० वर्षीय रविकुमार तिवारीको मृत्यु भएको हो।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नं. को टिपरले लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु ३९ प ५३१४ नको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका तिवारीको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा सवा १० बजेतिर मृत्यु भएको हो।

दुर्घटनापछि टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।