२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

प्रचण्ड–माधव समूहको बन्दले दाङलगाएत देशभरको जनजीवन प्रभावित

बन्दले सुनसान बनेको पश्चिम दाङको हापुरे बजार । तस्वीर : झुपु क्षेत्री ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालले दाङलगाएत देशभरको जनजीवन प्रभावित बनेको छ ।

गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् ।

बन्दले सुनसान बनेको दाङको तुलसीपुर बजार । तस्वीर : सुवास डाँगी ।

हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

बिहानै केही स्थानमा आन्दोलनकारीमाथि सुरक्षाकर्मीले धरपकड गरेको नेकपा प्रचण्ड–माधव समूहले जनाएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड–माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो ।

भोलि शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको अर्थ्याइएको छ ।