तुलसीपुर उद्योग बाणिज्य संघको आगामी अध्यक्षका लागि नेपाली काँग्रेसले पूर्व अध्यक्ष टेकनप्रसाद बस्नेत (हिमाल) लाई पुनः उम्मेद्वार चयन गरेको छ ।
आज शुक्रवार नेपाली काँग्रेसले आफ्नो तर्फबाट संघको नेतृत्वको लागि बस्नेतको नाम टुंगो लगाएको हो ।
तुलसीपुर उद्योग बाणिज्य संघमा नेतृत्व गर्न कस्लाई पठाउने भन्ने बारेमा नेपाली काँग्रेसले एक हप्ता अगाडि नेता केशब आचार्यको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो ।
समितिको सस्दयहरुमा क्षेत्रीय सभापति जगतबहादुर खड्का र जिल्ला सदस्य सुरेन्द्र खड्का सदस्य थिए ।
अन्य पदाधिकारी नाम भने टुङगो लगाउन बाँकी रहेको छ ।