२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

नेकपाको तर्फबाट तुलसीपुर बाणिज्य संघको अध्यक्षमा चालिसे उम्मेद्वार

नेपाल कम्युनिष्ट पार्टी नेकपाले तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसेलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ ।उनी उद्योग बाणिज्य संघको वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् ।

नेकपाको नेतृत्व दुई समुहमा विभाजन भएता पनि कम्युनिष्ट विचारधारका व्यापारीहरु उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी एकढिक्का हुदै चालिसेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

यस्तै संघको बरिष्ठ उपाध्यक्ष रुप बहादुर खत्री, बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी, उद्योग उपाध्यक्षमा यज्ञ बहादुर केसी, महासचिवमा नरेसराज भण्डारी, कोषाध्यक्षमा पवित्रा केसी, सचिवमा वेद प्रसाद वली, सहकोषाध्यक्षमा टेक प्रसाद केसी, सदस्यहरुमा सेषकान्त ढकाल, दुर्गा भुसाल, गोपि चौधरी, कमल डाँगी, नविन राई, चक्र प्रसाद नेपाली, निर्मल पौडेल , महिला सदस्यमा निर्मला भुसाल ,गंगावली खड्कालाई उम्मेदवार बनाउने घोषणा गरिएको हो ।

निर्वाचत मिति नजिकिए संगै नेकपाले उम्मेद्वारहरुको नामावली टुंगो लगाएको हो ।

उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी आउदो फागुन १ गते निर्वाचन हुने भएको छ ।