धनौरी खानेपानी तथा उपभोक्ता समितिमा गठित लेखा छानविन समितिले सत्यतथ्य छानविनको माग गरेको छ ।
गत माघ १७ गते भएको चौथो साधारण सभा तथा प्रथम अधिवेशनबाट तोरणसिं ठाडा मगरको संयोजकत्जमा गठित लेखा छानविन समितिले आर्थिक बर्षको आम्दानी खर्च, बचत खोजिरहेको बेला मिति २०७७/१०/२२ गतेको पत्र संख्या ०७७/०७८ चलानी नं. ८०४ मा अख्तियार दुरुपयोग आयोग बुटवल कार्यालय सम्पर्क कार्यालय नेपालगञ्जमा खानेपानी समितिलाई परेको देखिन गएकाले सम्वन्धित निकायले सत्यतथ्य छानविन गर्न माग गरिएको छ ।
लेखा छानविन समितिका संयोजक तोरण सिं ठाडा मगर लगायतको समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै खानेपानी समितिको सत्यतत्थ छानविन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरेको छ । छानविन समितिद्धारा हस्ताक्षरित विज्ञप्तीमा “उपभोक्ताले पनि खानेपानीको आफ्नै स्रोत र विकास बजेटको समेत सत्यतथ्य छानविन गर्नेछ र अव उपरान्त यस छानविन समितिको अर्थ नरहेको व्यहोरा समेत सवैमा ध्यान आकर्षण गराउँदछौ ।” भनिएको छ ।