२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

मौसममा सामान्य सुधार, चिसो कायमै रहने

केही दिनदेखि मौसममा भइरहेको बदली आजदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसममा क्रमिक सुधार भए पनि चिसो भने अझै कायमै रहने मौसमविदले बताएका छन्।

‘चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ’, सूचनामा उल्लेख छ।