नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले कुनै काम नगर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरूद्धको आन्दोलन (फेसबुक लाइभ)को विशेष संवाद कार्यक्रममा उनले भने, ‘सडक आन्दोलन पनि वैधानिक हो, हामी पनि कानुनी रुपमा पनि लडिरहेका छौँ। संविधान अगाडि निर्णय हुन्छ भन्ने आस गरेको छौँ।’
प्रतिगमनविरुद्ध सबै जनता सडकमा आइसके पनि उनले बताए। ‘ओलीले भ्रम छर्न सफल भएका छन्, संविधान र जनताविरुद्ध छन्’, उनले भने, ‘उहाँहरुले सेटिङको कुरा गर्नुभएको छ। तर, सेटिङले काम गर्दैन।’
ओली संसदीय दल, जनताको चाहनाबाट भागेको आरोप लगाए। ओलीले वैशाखमा चुनाव नगराउने बताए। ‘संसद विघटन भएको छैन। संसद जिउँदै छ। अहिले चुनाव हुँदैन’, उनले भने।
प्रधानमन्त्रीले आफ्नो सनकले गरेको निर्णय मान्य नहुने बताए। संविधानको रक्षा गर्नका लागि आगामी २८ गतेको जन प्रदर्शनमा एकजुट भएर सहभागिता जनाउन आह्वान गरे।