२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

भरुवा बन्दुकसहित दुईजना प्रहरी नियन्त्रणमा

प्रहरीले डडेल्धुरामा भरुवा बन्दुकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

आलिताल गाउँपालिका–८ स्थित जंगामाला सामुदायिक वनबाट सोही वडाका २६ वर्षीय भीमबहादुर बोहरा र २८ वर्षीय विनोद मास्के रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार बिहान साढे १० बजेतिर भरुवा बन्दुक भिरेर जंगलमा घुमिरहेको अवस्थामा दुवैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका दुवैको साथबाट एक थान एकनाले भरुवा बन्दुक र फलामका छर्रा २६ थान बरामद गरिएको छ। पक्राउ परेका उनीलाई थप अनुसन्धान र मुद्दा चलाउन दुवैलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइँदैछ।