२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

प्रचण्ड– माधव समूहले २८ गते जनप्रदर्शन गर्ने

फाईल तस्वीर

संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड– माधव समूहको नेकपाले २८ गते बुधबार जनप्रदर्शन गर्ने जनाएको छ ।

राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको सूचना जारी गर्दै प्रचण्ड समूहको नेकपाले सरकार विरुद्ध जनप्रदर्शनका लागि आह्वान गरेको हो ।

नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा मूल प्रदर्शन गरिने बताइएको छ ।

यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल लगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दैआएका छन् ।