२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

घोराहीबाट झन्डै ३० क्युफिट काठ बरामद

डिभिजन वन कार्यालय दाङले झन्डै ३० क्युफिट काठ बरामद गरेको छ।

नारायणपुर सवडिभिजन वन कार्यालयको गस्ती टोलीले नारायणपुर सवडिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्तर्गत घोराही उपमहानगरपालिका १२ स्थित प्रिगाउँ भन्ने स्थानबाट उक्त परिमाणमा काठ बरामद गरेको हो।

सालको ६ थान गोलिया र ११ थान चिरान गरी १७ थान गरी कुल २९.२८ क्युफिट काठ बरामद भएको वनका पदाधिकारीले जानकारी दिए।

बरामद काठ र त्यो कटान गर्न प्रयोग भएका औजार डिभिजन वन कार्यालयको गस्ती टोलीले बरामदपछि आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराहीलाई बुझाएको छ।

संलग्नहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसी जानकारी दिए।