बाँकेमा प्रहरीले चोरीका ११ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । विभिन्न समयमा मोटरसाइकल चोरीमा संलग्न उनीहरुलाई बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा बाँके खजुराका रामबहादुर थापा, नेपालगन्जका रन्जित शर्मा, जुम्लाका धिरेन्द्रविक्रम शाही, दाङका इरसाद अहमद मुसलमान, रोल्पाका छविलाल पुन मगर र नवराज रोका क्षेत्री छन् ।
नेपालगन्जमा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष अप्रेशन टोली परिचालन गरेर गिरोह नै पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।