दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा बुधबार एक जनाको मृत्यु भएको छ ।
गढवा गाउँपलिका–२ तिरतिरे डाँडास्थित जङ्गलमा सिकार खेल्ने क्रममा सोही ठाउँ निवासी २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा उनका दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीटोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।