फिल्म ‘डिसेम्बर फल्स’को सेटबाट नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरीको रोमान्टिक अवतार सार्वजनिक भएको छ । छायाँकनरत स्थल सुन्दर नगरी पोखराबाट आर्यन र उपासनाका रोमान्टिक तस्बिरहरु बाहिरिएका हुन् ।
सार्वजनिक तस्बिरहरुमा आर्यन र उपासना डेट गरिरहेको, रमाइरहेको अनि कफि पिइरहेको देख्न सकिन्छ । क्याप्टेन फिल्मबाट डेव्यु गरेकी उपासनाले पहिलो पटक नायक सिग्देलसँग स्क्रिन सेयर गरेकी हुन् । फिल्म डिसेम्वर फल्स मा आर्यन र उपासनासँगै सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । फिल्मलाई प्रविण झाले निर्देशन गर्दैछन् ।
बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र संबाद केदार भुसालले लेखेका हुन् । फिल्म डिसेम्बर फल्स लाई साउन १ गतेदेखि प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना छ ।