२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राजेश हमालसँगै ‘सत्यम्’ मा पल शाहको ईन्ट्री

फिल्म ‘सत्यम्’ मा पल शाहको प्रवेश भएको छ । निर्माता रेशम सापकोटाले सत्यम् मा नायक शाहको ईन्ट्री भएको जानकारी दिएका छन् ।

शंकर कार्कीले निर्देशन गर्ने फिल्म सत्यम् मा यसअघि महानायक राजेश हमाल र नायक अनुपविक्रम शाही अनुबन्धित भैसकेका छन् । राजेश हमाललाई आफ्नो आदर्श मान्ने गरेका पलले पहिलो पटक हमालसँग फिल्ममा स्क्रिन शेयर गर्न लागेका हुन् । अनुपसँग पनि उनको पहिलो सहकार्य हो । पहिलो पटक राजेश हमालसँग स्क्रिन शेयर गर्न उनी उत्साहित देखिएका छन् ।

कथाको माग अनुसार फिल्ममा पललाई अनुबन्ध गरेको निर्माता सापकोटाको भनाई छ । उनले फिल्ममा पलको भूमिका भने खुलाउन चाहेनन् । फिल्मलाई उत्कृष्ट बनाउन कलाकारको टिम बलियो बनाउन लागेको उनको भनाई छ । फिल्मको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।