२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

नेपालमा कोरोना संक्रमित भएका मध्ये ९८.६ प्रतिशत निको

नेपालमा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चार हजारमा पिसिआर गर्दा १२७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५४ को मृत्यु भएको छ।

अहिलेसम्म निको हुनेको दर ९८.६ प्रतिशत छ।