तुलसीपुर उद्योग वाणिज्य संघको सदस्य पदमा पवन केसीले पनि उम्मेदारी दिएका छन् । नेपाली कांग्रेस निकट टेकन प्रसाद बस्नेत हिमाल नेतृत्वमा प्रजातान्त्रिक प्यानलबाट उनले सदस्य पदमा चुनावी मैदानमा होमिएका हुन ।
भोली फागुन १ गते हुन गइरहेको तुलसीपुर उघोग बाणिज्य संघको निर्वाचनमा व्यवसायी के।सी। चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
सूरुमा रुकुम पश्चिममा व्यवसाय गर्दै आएका केसी पछिल्लो समय दाङ तुलसीपुरमा रहेर व्यवसाय गर्दै आएका छन । आफु निर्बाचित भएपछि तुलसीपुर क्षेत्रका व्यवसायीको हितसंगै आसपासका जिल्लाका व्यापारीहरुसंग समन्वय र सम्बन्ध स्थापित गर्न अधिकतम पहल गर्ने प्रतिवद्धता उनले ब्यक्त गरे ।
व्यवसायी केसीले रुकुम पश्चिममा व्यवसाय गर्दा गरिएको कार्य चर्चित छ । जिल्लाका स्थानीय सरकारहरुले रुकुम पश्चिममा अनुमति प्राप्त मदिरा समेत बिक्रि बितरण प्रतिवन्ध लगाउने निर्णय गर्दा त्यसको बिपक्षमा उनले उच्च अदालत सुर्खेतमा पुगेर रिट हालेका थिए । उच्च अदालतले पछि उनकै पक्षमा आदेश गरेको थियो ।