२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

तुलसीपुर उबासंघको निर्वाचन : तिन सय बढी मतदान

तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्वका लगी मतदान भईरहेको छ ।

आज बिहान आठ बजेदेखी सुरु भएको मतदानमा अहिले सम्म झन्डै तिन सय मत खसेको निर्वाचन समितिले जनाएको छ । संघको नयाँ नेतृत्वका लागी निर्वाचन प्रक्रिया भएको हो ।संघमा एक हजार आठ सय बढि मतदाता रहेको समितिले बताएको छ । मतदान गर्न मतदाताहरुको सहजताका लाईन व्यवस्थापन गरिएको छ ।

नेतृत्वका लागी दुई राजनितिक दल निकटका व्यावसायीले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । (नेकपा) निकट व्यवसायी बामपन्थी प्यानल र काग्रेस निकट व्यवसायी प्रजातान्त्रिक प्यानलका विच प्रतिष्प्रर्धा हुन लागेको छ । संघको नेतृत्वका लागी बामपन्थी प्यानलको तर्फबाट रामप्रसाद चालिसे र प्रजातान्त्रिक प्यानलबाट टेकन प्रसाद बस्नेत (हिमाल)को समुह चुनावी मैदानमा छन् ।

मतदान अपरान्ह चार बजे सम्म जारी रहने बताईएको छ ।