२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

१०४ जनामा कोरोना संक्रमण पुष्टि, १३१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ।

मन्त्रालयका अनुसार आइतबार १३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ।

२४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ।

गत २४ घन्टामा ३ हजार ५०१ पीसीआर परीक्षण भएको छ। देशभर १ हजार ६ सय ४ सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।