२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

बैशाखमा चुनाव असम्भव : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारले बैशाखमा तोकेको निर्वाचन ‘असम्भव’ रहेको बताउनु भएको भएको छ ।

संसद बिघटनको बिरोधमा दाङको घोराहीमा भएको बिरोध सभालाई सम्बोधन गर्दै कोइरालाले वैशाख १७ र २७ गते निर्वाचन हुन नसक्ने भएकाले निर्वाचनको हुन्न भनि ढुक्क रहन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री पद लम्ब्याउनका लागि चुनावको कुटिल चाल चलेको भन्दै यसमा अरु कुनै सत्यता नभएको कोईराले तर्क गर्नु भयो ।

‘प्रधानमन्त्रीले आँफ्नो पद लम्ब्याउनका लागि चुनावको मिति नाटकीय शैलीमा घोषणा गरेका हुन्,’ कोइरालाले भन्नुभयो ‘चुनाव चिन्हमा देखिएको नेकपाको बिबादले पनि चुनाव तत्कालै हुने सम्भावना छैन ।’ नेकपाको माधव कुमार नेपाल र पुष्पकमल दाहालले सूर्य चिन्ह प्राप्त गरेको खण्डमा प्रधानमन्त्री ओलीले मुद्धा हाल्ने र यो प्रकृया लम्बिने उहाँको भनाई छ ।
बैशाखमा निर्वाचन सम्भवै नरहेको बताएका कोइरालाले संसद पुनरस्थापना मात्रै कांग्रेसको एकल अजेण्डा रहेको बताउनु भयो ।

यसैगरि बिरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले समृद्ध नेपालको झूठो नारा घन्काएका कम्युनिष्टहरु आँफू केन्द्रीत मात्रै भएको बताउनु भयो । ‘बिभिन्न भ्रष्टाचारका काण्डमा मुछिएका उनिहरु आँफू मोटाए,’ गिरीले भन्नुभयो ‘तर समृद्ध नेपाल बनाउने नारा उनिहरु लगाउँछन् ।’

अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा भएका विभिन्न अपराधका संरक्षक बनेको आरोप लगाउनु्भयो । ओलीको यहि रबैयाको बिरोधमा नेपाली नागरिक सडकमा उत्रिएको भन्दै सडक संघर्षबाटै ओलीलाई जनताले कारवाही गर्ने बताउनुभयो ।