२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

अबदेखि कक्षा १० मा पनि विद्यार्थी भर्ना हुन पाउने

अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको हो ।

हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान राखिएको छ ।

शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो ।

‘मूल नियमावलीको नियम ८० (१) उपनियम (२) मा संशोधन गरी ‘कक्षा दशमा’ भन्ने शब्दहरूको सट्टा ‘कक्षा बाह्रमा’ भन्ने शब्दहरू राखिएका छ,’ सोमबार (फागुन ३ गते) प्रकाशित राजपत्रमा छ, ‘२ (क) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महामारी वा यस्तै अन्य विपद्का कारण पठनपाठन अवरुद्ध भई विद्यालयबाट स्नातान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नु पर्नेछ । सोको जानकारी सम्बन्धित विद्यालयले शिक्षा विकास तथा समन्वय इकाइलाई दिनुपर्नेछ ।’