२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

बाँकेमा नेपाली सेनाको बस दुर्घटना, १० जना गम्भीर घाइते

बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।

सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार थिए। जसमध्ये १० जना गम्भीर घाइते भएका हुन्।

उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको सशस्त्र प्रहरी बल बाँकेले जनाएको छ।

गम्भीर घाइते भएकालाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिए।