२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

नयाँ शैक्षिक सत्र असारदेखि शुरु हन्छः शिक्षामन्त्री

फाइल तस्वीर ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन्।

मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन्।

यस निम्ति मन्त्रालयले तयारी गरिसकेको उनको भनाइ छ। त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए।

आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए।