रोल्पामा आईटिएफ तेक्वान्दो सम्वन्धी राष्ट्रिय सेमिनार हुने भएको छ । रोल्पा आईटिएफ टेक्वान्दो संघको आयोजनामा तेक्वान्दो खेलको विकासका लागि राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनार रोल्पाको लिवाङमा हुने थालेको हो ।
यहि फागुनको ७ र ८ गते गरि दुई दिनसम्म लिवाङमा रहेको कभर्डहलमा हुने प्रतियोगितामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सेमिनारको लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगरले उद्घाटन गर्ने भएका छन् । उक्त सेमिनारमा नेपाल भरका २ सय ५० खेलाडीको सहभागिता हुन भएको रोल्पा ज़िल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम बाँठा मगरले जानाकारी दिएका छन् ।
उनले प्रतियोगिताले खेलक्षेत्रसँगै रोल्पाको पर्यटन तथा आर्थिक वृद्धिमा समेत सहयोग पुग्ने बताएका छन् । ‘कोरोनाको संकटपछि रोल्पामा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेका छौ’–अध्यक्ष बाठामगरले भने–‘यो सेमिनारले खेलक्षेत्रको विकाससँगै रोल्पामा पर्यटनको विकासका लागि समेत सहयोग पुर्याउनेछ ।’
आईटिएफ खेलाडीको व्यतित्व विकास, खेलकुद क्षेत्रको विकास तथा रोल्पा जिल्लामा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले राष्ट्रिय स्तरको तेक्वान्दो सेमिनार गर्न थालिएको रोल्पा जिल्ला आईटिएफ तेक्वान्दो संघका सचिव कृष्ण बाँठा मगरले जानकारी दिएका छन् । उनका अनुसार दुई दिने सेमिनार खेलाडीहरुको लागि लाभदायी हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त सेमिनारमा नेपाल आईटिएफ तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष अन्जन धमालालगायतका व्यक्तिहरुको सहभागीता हुने आयोजक रोल्पा आईटिएफ तेक्वान्दो संघले जानकारी दिएको छ । दुई दिने सेमिनारमा नेपाल आईटिएफ राष्ट्रिय ब्लाकबेल्ट कमिटीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक घमबहादुर थापा प्रशिक्षकका रुपमा रहेका छन् । संयोजक बाठामगरका अनुसार प्रतियोगिताको प्रचारप्रसारदेखि व्यवस्थापनको कामलाई व्यापक बनाइरहेको छ ।