सल्यानको छत्रेश्वरी गाउँपालिकामा कोभिड – १९ विरुद्धको खोप लगाइएको छ ।
भोटेचौर स्थित स्वास्थ्य चौकीमा बुधबार ९४ जनालाई कोरोना भाइरस कोभिड –१९ विरुद्धको खोप लगाइएको हो ।
गाउँपालिकाका ७१ जना पुरुष र २३ जना महिला गरि ९४ जनालाई खोप लगाएको स्वास्थ्य शाखा प्रमुख केशरीदेबि भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष सन्तोष केसी, उपाध्यक्ष सीता केसी, कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, बैंकका कर्मचारीलाई खोप लगाएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो ।
डाक्टर प्रोशेष सिंहको निगरानिमा खोप कार्य सम्पन्न भएको हो।