२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना खोप

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधवार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा त्यसभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भारत सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गएको माघ १४ गतेदेखि लगाउन थालिएको हो ।

पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म त्यस खोप लगाइएको थियो ।