२०७७ फाल्गुन १५ गते शनिवार
२०७७ फाल्गुन १५ गते शनिवार

तुलसीपुरमा स्वर्गिय नेता खड्काको सम्झनामा टेबल टेनिस प्रतियोगिता हुने

दाङको तुलसीपुरमा नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री स्वर्गिय खुम वहादुर खड्काको सम्झनामा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा आउँदो चैतको १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन लागेको बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।

गुमनाम खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथस अफ तुलसीपुरका एडमिन अरुण लहरेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने लहरेले जानकारी दिए ।

यसैबिच महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई नगद १० हजार ,प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने लहरेले बताए ।

प्रतियोगीतामा पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

युथस अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा टेबल टेनिस सघं दाङका अध्यक्ष सिताराम शर्माले विकास प्रेमी नेता स्व. खड्काको योगदानको उच्च सम्मान र कदर गर्दै खेलको आयोजना गरिएको बताए ।

उनका अनुसार प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने छ । प्रतियोगितामा २५ जिल्लाबाट गरि १ सय ८८ जनाको सहभागीता रहने छ । खेलाडीहरुको लागि खाना,बस्नसगंसगै यातायातको समेत व्यवस्था गरिएको आयोजक टिमले जनाएको छ ।