२०७७ फाल्गुन १६ गते आइतवार
२०७७ फाल्गुन १६ गते आइतवार

मोडलिङमा भविष्य खोज्दै पश्चिम दाङका अभिशेष मल्ल

 

पश्चिम दाङका शान्तिनगर – ५ बाघढोई घर भएका अभिशेष मल्ल मोडलिङ क्षेत्रमा भविष्य खोजि रहेका छन् ।

बुवा भुपेन्द्र मल्ल र ज्ञानु मल्लका छोरा अभिशेष मल्ल सानै उमेर देखि नृत्यमा रुची राख्दथे । अभिशेषले हिजो आज विभिन्न म्युजिय भिडियोमा काम गरि रहेका छन् । उमेरले भर्खर १९ बर्ष पुगेका अभिशेषले १ एक अफिसियल म्युजिक भिडियो र १० वटा भन्दा बढि कभर म्युजिक भिडियामो काम गरि सकेका छन् ।

यसै गरी केही सर्ट मुभीमा पनि काम गरेका छन् । नृत्य, निर्देशक तथा सम्पादन काम समेत अभिशेष आफै गर्ने गर्दछन् । केहि हप्तामा मात्र दिलमा राखे हुन्छ बोलको गितमा अभिशेषले मोडलिङ गरेका छन् यसमा उनले आकर्षक डान्स प्रस्तुत गरेका छन् ।

यस्तै ओई छल्ली कम्मर भाच, म मान्छे विन्दास मान्छे लगाय १० भन्दा बढी कभर भिडियो मा मोडलिङ गरेका छन् । भविष्यमा एउटा चर्चित मोडेल बन्ने अभिशेषको उद्येश्य रहेको छ ।

अहिले अभिशेष म्युजिक भिडियो संगै सर्ट मुभि निर्माणमा व्यस्त रहेका छन् । सर्ट मुभिको छायाङकन भईसकेको र सम्पादन कार्य चलि रहेको छ । यसमा उनि आफै खेलेका छन भने निर्देशन पनि आफैले गरेका छन् ।