२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

कांग्रेस महाधिवेशन : भदौ ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीवार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी कांग्रेसले गाउँ÷नगर वडा अधिवेशन आउँदो असार ५ गते, गाउँ÷नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस निर्णय पार्टीको आउँदो चौधौं महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।