प्रजातन्त्र दिवसको अवसर पारेर बबई गाउँपालिका वडा नं. ४ स्थित जनश्रम आधारभूत विद्यालय हस्तनापुरका गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
बबईका युवा नेता तथा सामाजिक अभियान्ता झुपु क्षेत्रीको पहलमा मोबिनल ट्रेड इन्टरनेशनल प्रा.लि. र नेपाली काँग्रेस दाङका सचिव संकर डाँगीको सहयोगमा विद्यालयका ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई एक कार्यक्रमका विच न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक यम प्रसाद पौडेलको सभापतित्व तथा मोबिनल ट्रेड इन्टरनेशनल प्रा.लि.का प्रमुख गनेश रेग्मीको प्रमुख आतिथ्य एवम् नेपाली काँग्रेसका नेता खिमकान्त धितालको विशिष्ट आतिथ्यमा न्यानो कपडा वितरण गरिएको थियो ।
विद्यालय शिक्षक बालकृष्ण के.सी.को स्वागतमन्तव्य भएको सुरु भएको कार्यक्रमको सहजिकरण हिमाल कँडेलले गरेका थिए भने धन्यबाद मन्तब्य झुपु क्षेत्रीले राखेका थिए ।