२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

आफैले ढाल्दै गरेको रुखले किचेर मृत्यु

सांकेतिक तस्वीर ।

रुख ढाल्दै गर्दा सोही रुखले किचेर एक जनाको मृत्यु भएको छ।

इलामको माइ नगरपालिका ७ साँगुरीटोलका ४७ वर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको हो।

शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख ढाल्दै थिए।

रुख ढल्ने क्रममा उनलाई त्यही रुखले किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।