२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

रिपोर्टर्स क्लबले गर्यो तुलसीपुरका २ पत्रकारलाई सम्मानित

दाङको तुलसीपुरमा दुई जना पत्रकार सम्मानित भएका छन् । रिपोर्टर्स क्लव दाङले स्थापना गरेको उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट पत्रकार जयन्ती चौधरीलाई सम्मान गरिएको छ, भने दुर्गा मोता देवि पत्रकारिता पुरुस्कारबाट विकास डाँगीलाई सम्मान गरिएको छ । चौधरी रेडियो संजिवनी र डाँगी रेडियो थाहा संचारमा कार्यरत छन् ।

क्वलका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, पूर्व अध्यक्ष बिमल रिजाल, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष टंक बुढाथोकी, व्यवसायी संगित बस्याल, पुरस्कार स्थापनादाता प्रमोद लामीछाने लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गर्नुभएको थियो ।