२०७७ फाल्गुन १६ गते आइतवार
२०७७ फाल्गुन १६ गते आइतवार

शान्तिनगरका बिरामी कांग्रेस नेता खड्कालाई उपचारमा सहयोग

नेपाली कांग्रेस साविक शान्तिनगर गाउँ कमिटीका पुर्व पार्टी सभापति एवं पुर्व शान्तिनगर गाविसका अध्यक्ष कुल बहादुर खड्कालाई दाङका कांग्रेस नेता तथा कार्यकर्ताहरुले ८२ हजार भन्दा बढी सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीको नेतृत्वमा खड्काको निवास शान्तिनगरको जुम्लेकुला पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।

आर्थिक स्थिति कमजोर भएका विरामी भएका खड्काको उपचारमा सहयोग होस भन्ने हेतुले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ८२ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेका हुन् ।

समस्या परेको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने सोचका साथ रकम जम्मा गरेर उपचारमा सहयोग गरिएको हो ।