२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सक्रिय संक्रमितको संख्या १५ सय २९ जनामा झर्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९० जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार नौ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण दुई हजार ६१ जनाको ज्यान गएको छ ।

अहिले नेपालमा एक हजार पाँच सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ४३ जनाको आईसीयू र ११ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।