तुलसीपुरमा भएको दुर्घटनामा परेर घाइते भएका अटो चालकको मृत्युको छ ।
मृत्यु हुनेमा अटो चालक शान्तिनगर गाउँपालिका १ पेदीखोला निबासी ३० बर्षका रेशम विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकरी दिनुभयो ।
तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा१ह ४३३६ नम्बरको यात्रुबाहक अटो र विपरित दिशाबाट आइरहेको रा१ज ५०८ नम्बरको जीप सोमबार दिउँसो सवा ३ बजे तुलसीपुर–८ चमीखोलामा एकआपसमा ठोक्किदा दुर्घटना अटो चालक विक सहित ५ जना घाइते भएका थिए ।
विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।