गुल्मीमा ससुराको हत्या गरेको आरोपमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ की ४२ वर्षीया मनकला ज्ञवालीले गत शनिबार राति पौने दश बजे ८७ वर्षीय ससुरा नन्दकुमार ज्ञवालीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।
मनकलालाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको छ।
यस्तै, मुसिकोटमा शिवालय तोडफोड गर्ने जंगबहादुर खातीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
खातीले फागुन ४ गते मुसिकोट नगरपालिका वडा नम्वर १ मा पुनःनिर्माण भइरहेको शिवमन्दिरको भित्तोलाई फलामको घनले तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो।
खातीलाई पनि जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।