२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि विच योजना तर्जुमा गोष्ठी

राष्ट्रिय खोप कार्यक्रम अन्तरगत राप्ती गाउँपालिकामा स्वास्थ्यकर्मि तथा जनप्रतिनिधि विच योजना तर्जुमा गोष्ठी गरिएको छ ।

नेपालमा महामारी रोग बिफर उम्मुलन पश्चात विस्तारित खोप आयोजनको नामबाट वि.स. २०३५ सालमा खोप सेवा प्रारम्भ भएको हो । हाल खोप सेवाले आमा र बच्चाहरूको मृत्यूदर घटाउन रोगलाग्ने दर घटाउन, अशक्तता दर घटाउन खोप सेवाको विस्तारसँगै यसको सेवाको प्रभावकारीता र यसको गुणस्तरीयतामा लक्षित गरि छलफल गरिएको छ ।

पालिका तहको स्वीकृत कार्यक्रमहरुमा गुणस्तर र एकरुपता कायम गर्ने तथा वडा स्तर देखि नै शुक्ष्मयोजना तयारी, बच्चाको खोजी र खोप प्रदान गर्ने नियमित प्रकृयाको बिकास गर्ने, पुर्ण खोपको सुश्चितता र दिगोपनाको निरन्तरता, खोप कोल्डचेन सामाग्रीको आपुर्ति र व्यवस्थापनमा सुधार गर्ने उदेश्यका लागि योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

खोप कार्यक्रमको सवै तहमा निरन्तर अनुगमन, विश्लेषण गरि लक्षित समुह सवैले सवै खोप प्राप्त गरेको सुनिश्चित गर्न स्थानिय स्तरमै बनाईएको योजना, खोप बाट बञ्चित हुन सक्ने क्षेत्र, वर्ग, जाती र समुदायको पहिचान र कारणको विश्लेषण गर्न, समस्या समाधानको लागि स्थानिय समुदाय र सरोकारवालाहरुको सहभागिता, सहयोग, अपनत्व र नेतृत्व बढाउन, पहिचान भएको समस्याको आधारमा खोपसेवा सवैको पहुँचमा पुग्ने गरि आवश्यक कृयाकलापहरु निरन्तर संचालन गर्न, खोप तथा कोल्डचेन सामाग्रीको बास्तविक आबश्यक्ताको आधारमा आपूर्ति वितरण योजनाको लागि सुक्ष्मयोजना समेत निर्माण गरिएको छ ।

योजना तर्जुमा गोष्ठीमा खोप कार्यक्रम संचालनमा जिम्मेवारी महशुस, अपनत्व र नेतृत्व बिकास गर्न, पुर्ण खोप सुनिश्चतता र दिगोपनाको प्रकृयाको जानकारी गराउने खोप, खोप पशचात हुने अवान्छीत घटना, खोपजन्य रोगको महामारीको बारेमा छलफल एवं जानकारी गराउन, पालिका स्तरमा संचालन गरिने कार्यक्रमको योजना तयार गर्ने निर्णय गरिएको छ ।