२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

दुर्गा भवानीको आविको भवन शिलान्यास

दुर्गा भवानी आधारभुत विद्यालयको निर्माणाधिन चार कोठे भवनको शिलान्यास गरिएको छ ।

राप्ती गाउँपालिकाको विद्यालय सुधार कार्यक्रम अन्तरगत भौतिक निर्माणका लागि विनियोजित ३६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको शिलान्यास गरिएको हो । विद्यालय सुधारका लागि भौतिक निर्माण आवस्यक रहेका विद्यालयहरु मध्य छनौटमा परेको मसुरीया स्थीत दुर्गा भवानी आधारभुत विद्यालय भवन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले शिलान्यास गर्नुभएको हो ।

राप्तीका विद्यालयहरुको शैक्षिक सुधार तथा भौतिक सुधार गर्ने उदेश्यका साथ ११ बढि विद्यालय लाई अनुदान सहयोग गरिए बमोजिम कार्य भैरहेको भवन शिलान्यास कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले बताउनु भएको छ ।

भवन शिलान्यास कार्यक्रममा अभिभावकको सहयोग तथा स्थानिय सरकारको सहयोगले विद्यालयको भौतिक सुधार गर्दै लगिएको साथै शिक्षक द्धारा शैशिक सुधारमा जोड दिदै अध्यापन गरिदै र्आको राप्ती गाउँपालिकाको नमुना विद्यालयको रुपमा चिनाउन विद्यालय ब्यवस्थापन समितिले काम गर्दै आएको बिब्यस अध्यक्ष सुरेन्द्र भुसालले बताउनु भएको छ ।

भौतिक निर्माण आगामी जेष्ठ मसान्त सम्म सम्पन्न गर्ने योजना सहित काम सुरु गरिएको प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीले जानकारी दिनु भएको छ ।