२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

कोरोना विवरण सार्वजनिक गर्दै मन्त्रालयले एकैपटक ८३ जना मृतक थप्यो

सरकारले कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना विवरण सार्वजनिक गर्दै एकैपटक ८३ जना मृतक थपेको हो।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार पनि सरकारले एकै दिन ६ सय १९ जना मृतक थपेको थियो। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका निकायहरुको तथ्यांकअनुसार मृतकको संख्या बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उच्चस्तरीय समन्वय समिति र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिशमा मृतकको संख्या संशोधन गरिएको बताए।

यसअघि गत भदौ महिनामा कोरोनाबाट मृतकको तथ्याङ्कमा नेपाली सेना र सरकारको तथ्याङ्क फरक आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो ।