२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

घोराहीबाट नगदसहित ८ जना जुवाडे पक्राउ

दाङ प्रहरीले जुवाको खालबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवार स्थित सुरेन्द्र सेनको घरमा जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलिले शुक्रवार बिहान प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा घोराही उप–महानगरपालीका वडा नं. ८ वस्ने घरधनि सेन सहित २८ बर्षिय तिलक वली, सोहि ठाउँका ३५ बर्षिय शरद रावत, ३० बर्षिय समिर खड्का, ३५ बर्षिय सुरेन्द्र चौधरी, २१ बर्षिय यादव राना, ४४ बर्षिय शिवु रावत र वर्ष ४० का रेशम वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

उनीहरुको साथबाट नगद चौसट्ठी हजार तिन सय रुपैया, ५ थान तासको गड्डी र एउटा गलैचा बरामद गरेको प्रवक्ता रिजालले बताउनुभएको छ ।