२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सांकेतिक तस्वीर ।

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।

पुनर्वास नगरपालिका ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको हात्ती आक्रमणबाट बिहीबार मृत्यु भएको हो।

भारतीय दुधुवा नेसनल पार्कमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।