नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुह शान्तिनगरको संयोजकमा धनवहादुर के.सी. र सह–संयोजकमा गिरीराज बस्नेत चयन भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुह जिल्ला संगठन कमिटि दाङ देउखुरीको पाचौं पुर्ण बैठकले शान्तिनरको संयोजकमा के.सी. र सह–संयोजकमा बस्नेतलाई चयन गरेको हो ।
यस्तै सचिवमा टीका राम रिजाल चयन भएका छन् । जिल्ला भित्रका सम्पुर्ण स्थानीय तहमा संयोजक ,सहसंयोग र सचिव टुङ्गो लगाएको छ । संयोजक धनवहादुर के.सी. वडा नं. ४ का वडा अध्यक्ष हुन भने सह–संयोजक गिरीराज बस्नेत वडा नं. ५ का वडा अध्यक्ष हुन् ।