२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

दुई दिनदेखि रुकुम पूर्वमा लागेको डढेलो झन्‌झन् बढ्दै

फाइल तस्वीर ।

सिस्ने गाउँपालिका–२ मा दुई दिनदेखि डढेलो लागिरहेको छ । बिहीबार सुरु भएको डढेलो नियन्त्रणमा नआएर झन्‌झन् बढ्दै गइरहेको छ ।

बिहीबार साँझ सिस्ने–२ को प्वाङस्थित कुरीपानीबाट सुरु भएको डढेलो शुक्रबार बेलुकासम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरीपानी सामुदायिक वनमा आगो कसरी सल्कियो भन्ने पत्ता लाग्न सकेको छैन ।

उक्त डढेलोबाट ३ वटा घर दर्जन बढी गोठ जलेर नस्ट भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । डढेलोले दतखुना, कुचिबाङ, गोल्खाडा, सुद्री, लगायतका बस्तीमा फैलिरहेको वडाध्यक्ष केसीले बताए । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।

डढेलोबाट केही घरगोठ जलेर नस्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । प्रहरी र स्थानीय डढेलो नियन्त्रणमा खटिएकाले थप विवरण आइसकेको छैन ।

डढेलो नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अध्यावधिक गर्ने र जानकारी गराउने तथा आवश्यक परे जनशक्ति परिचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताए ।

-कान्तिपुरबाट