२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

दाङसहित ७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिए । सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्ष नियुक्त भएका थिए । उहाँले जिल्ला अध्यक्षले नै समितिलाई पूर्णता दिने बताए ।

समितिमा सात सदस्यीय रहेका हुन्छ । समितिको चार युवाका क्षेत्रमा काम गर्ने जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र तीन युवाका क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रका प्रतिनिधि रहने गर्दछ । सरकारले संघसहित सातवटै प्रदेशमा युवा संरचना तयारी गरी काम गर्नका लागि प्रदेश युवा परिषद् गठन गर्न तयारी गरेको छ । अहिलेसम्म वाग्मती प्रदेशले मात्र परिषद् गठनको तयारीमा लागेको छ । परिषद्का उपाध्यक्ष ढुंगेलले ७५३ स्थानीय तहका वडामा पनि युवा समिति गठन गर्नका लागि ऐन ल्याउन लागिएको जानकारी दिए ।

सरकारले २०७२ सालमा ‘युथ भिजन २०२५ ’को मर्म र भावनाअनुसार युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी गरेको थियो । सोअनुसार २०७२ सालमा परिषद् गठन भएको हो । उनले युवा राष्ट्रिय अभियान र देश निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र स्वयंसेवकीय भूमिकामार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ भनेर परिषद् स्थापना गरिएको बताए ।

 

परिषद्ले युवाको नेतृत्व विकासदेखि स्वरोजगार बनाउने काम गर्दै आइरहेको छ । हाल नेपालमा कूल जनसंख्याको ४०।३५ प्रतिशत युवाको जनसङ्ख्या ९एक करोड सात लाख० रहेका छन् ।