२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन्।

प्रधानमन्त्री ओली दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने तालिका छ।

दमक र कमलमा प्रधानमन्त्रीले विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने छन्।

दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ।

यस्तै गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको पनि प्रधानमन्त्रीले शिलान्यास गर्ने छन्।

दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम सकेर प्रधानमन्त्री आजै काठमाडौँ फर्कने तयारी छ।