२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

तेस्रो चरणमा दाङमा ६४ हजारलाई कोरोना खोप लगाईंदै

दाङमा तेस्रो चरणमा साढे ६४ हजार नागरिकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने तयारी भएको छ । स्वास्थ्य कार्यालय दाङले आज जनप्रतिनिधी, सुरक्षा निकाय र पत्रकारहरु सँग छलफल कार्यक्रमको आयोजना गरि यही फागुन २३ गते देखी तेस्रो चरणको खोप अभियान सुरु गर्ने जानकारी दिएको हो ।

जस अनुसार घोराहीमा १७ हजार ८ सय १९, तुलसीपुरमा १६ हजार एक सय ८४, राप्तीमा ५ हजार ४ सय ३५, लमहीमा ४ हजार ८ सय ६६ र बंगलाचुलीमा ३ हजार ९ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । त्यसैगरी, शान्तिनगरमा ३ हजार ७ सय ७६, बबईमा ३ हजार ४ सय ८१, गढवामा ३ हजार ४ सय २९, राजपुरमा २ हजार ९ सय ५ र दंगिशरणमा २ हजार ६ सय ८७ जनालाई खोप लगाउने गरी तयारी थालिएको उहाँको भनाई छ ।

पहिलो र दोस्रो चरणमा ७ हजार ८ सय ७९ बढीले कोरोना बिरुद्धको खोप लगाएका थिए । तेस्रो चरणमा ५५ बर्ष भन्दा माथीका व्यक्तिहरु र विद्यालयका शिक्षकहरुलाई खोप दिईने छ । यस अघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कैदीबन्दी, स्वास्थ्य स्वयसेविका, कर्मचारी, पत्रकार र बैंकका कर्मचारीहरुले खोप लगाएका थिए ।