२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

तुलसीपुरबाट ब्राउनसुगरसहित एक महिला पक्राउ

तस्बिर : तुलसाको फेसवुकबाट ।

दाङको तुलसीपुरबाट ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छिन् ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेकी हुन् ।

उनलाई जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनी पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पुष्टि गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ । उनी न्यायाधीश पोखरेलकी कान्छी श्रीमती हुन् ।