२०७९ मङ्सिर ६ गते मङ्गलवार
२०७९ मङ्सिर ६ गते मङ्गलवार

फागुन २६ देखि कालाखोलामा ऐतिहासिक भोटे मेला हुने

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने भएको छ ।

तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना तथा रानिघाट युवा क्लवको सह–आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को संरक्षकमा उक्त मेला हुन लागेको हो ।

ऐतिहासिक भोटे मेला यहि फागुन २६ गते देखि चैत २ गतेसम्म सञ्चालन हुन लागेको आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

मेला संरक्षक समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीले दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिएको बताए । उनका अनुसार बर्षौ पहिलेदेखि लाग्दै आएको भोटे मेला तत्कालिन माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेको समयमा विक्रम संवत २०५६ सालदेखि लाग्न छोडेको थियो । भोटे मेला कहिलेदेखि लाग्न थालेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था नभएता पनि पुरानो परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस भनेर गत वर्ष देखि पुनः भोटे मेला सञ्चालन गर्न लागेको केसीले जानकारी दिए ।

भोटे मेला सास्ंकृतिक समिति संयोजक दिपक कुमालले मेलामा लोक दोहरी प्रतियोगिता, घोडा दौड प्रतियोगि आयोजना गरिने र विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् ।

मेलामा गायक पुष्कल शर्मा, गायिका भुमिका गिरी, सिर्जु अधिकारी, गायक देवेन्द्र बस्नेत, गोबिन्द मधुर आचार्य, बाल कलाकार आयुसा गौतम, सचिन परियार लगाएतका कलाकारहरुको सहभागिता रहने सास्कृतिक समिति सदस्य प्रेम विवश घर्तिले जानकारी दिए । उनका अनुसार ६ दिन सम्म सञ्चालन हुने मेलामा स्थानिय कलाकारहरुलाई विषेश स्थान दिइने छ ।

मेलामा विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुस पनि निकाल्ने मेला आयोजक तुलसीपुर एक्सप्रेस प्रालिका अध्यक्ष दोर्ण आचार्यले जानकारी दिए । उनले उक्त मेलामा आउने दर्शकले मास्क अनिवार्य लगाउनुपर्ने बताए ।